३८ देशसँग नेपालको व्यापार नाफामा
काठमाडौं, ९ साउन । गत आर्थिक वर्ष २०७९–८० मा नेपालले १६ खर्ब ११ अर्ब ७३ करोड १७ लाख रुपैयाँको वस्तु विभिन्न देशबाट आयात गरेको छ । सोही अवधिमा नेपालले एक खर्ब ५७ अर्ब १४ करोड ६ लाख ९५ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ ।
भन्सार विभागको तथ्याङ्कले गत आर्थिक वर्ष नेपालले विश्वका १७१ भन्दा बढी देशसँग व्यापारीक सम्बन्ध गाँसेको देखिन्छ ।
नेपालको वैदेशिक व्यापार रहेका देशमध्ये १३२ सँग व्यापार घाटामा रहेको छ । तर ३८ देशसँग मात्र नेपालको वैदेशिक व्यापार नाफामा रहेको विभागको तथ्याङ्कले देखाउँछ ।



