Date

आइत, जेष्ठ ६, २०८१
Sun, May 19, 2024

एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, अब आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने

एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक, अब आवाजबाटै क्युआर भुक्तानीको जानकारी पाइने

काठमाडौं, १२ साउन । एनआईसी एसिया बैंकले क्यूआरमार्फत भुक्तानीको जानकारी दिने ‘स्मार्ट अडियो अलर्ट डिभाइस’ सार्वजनिक गरेको छ । बैंकले स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गर्दै क्यूआरकोड प्रणालीमा आवद्ध मर्चेन्टहरूले भुक्तानी लिँदा एसएमएस वा ईमेल अलर्टको अतिरिक्त वा डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्ने भएका छन् ।

समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरूका साथ लाखौं ग्राहक महानुभावहरूमाझ आधुनिक बैंकिङ्गको अभ्यास गरिरहेको यस बैंकले डिजिटल बैंकिङ्गलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यका साथ यो डिभाइसको सुरुवात गरेको बैंकले जनाएकाे छ ।

बैंकले ल्याएको यस नवीन प्रविधिमा आधारित स्मार्ट अडियो अलर्ट डिभाइसमा रहेको त्तच् कोडमार्फत कारोबार गरेपछि मर्चेन्ट तथा ग्राहकहरूले भुक्तानी सफलतापूर्वक भएको सूचना तत्काल प्राप्त गर्न सक्नेछन् । बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको सहकार्यमा ल्याएको यस डिभाइसमा नेपाल पे क्युआर बाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुनेछ भने निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको छ । क्युआर कोडमा आधारित भुक्तानीको तत्काल प्रमाणीकरण गरेर हजारौं मर्चेन्टहरू तथा लाखौं ग्राहकहरू बीच डिजिटल भुक्तानीमा विश्वसनीयता कायम गर्न मद्दत गर्ने मात्र नभई समग्र डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न यो डिभाइस क्रान्तिकारी सावित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले देशभर ३६० शाखा कार्यालय, ५४६ एटिएम, १११ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेर सेवा दिदैँ आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x