ढिला गरि खुलेको सेयर बजारमा १३.९१ अंकको सुधार
काठमाडौं, २३ जेठ । आज सेयर बजारमा १३.९१ अंकको सुधार देखिएको छ । सरकारले धितोपत्र कारोबारमा पूँजीगत लाभकर बढाउने निर्णयको विरोध गर्दै हिजो कारोबार ठप्प पारेका लगानीकर्ताहरुले आज भने सरकारले उक्त निर्णय तत्कालका लागि फिर्ता लिएपछि कारोबारमा सहभागि भएका थिए ।
ढिला गरि सुरु भएको बजारमा १ सय ३८ कम्पनीको २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारमा आएका मध्ये अन्य बाहेक बाँकी सबै समूको परिसूचक सकारात्मक रह्यो । अन्य समूहको परिसूचक ९.०१ अंकले घटेको छ भने सबैभन्दा बढी बीमा समूहको परिसूचक १४४.९९ अंकले बढेको छ ।