Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

लक्ष्मी सन्राइज बैंकको नाफा दुई अर्ब २६ करोड, वितरणयोग्य मुनाफा बढ्यो

लक्ष्मी सन्राइज बैंकको नाफा दुई अर्ब २६ करोड, वितरणयोग्य मुनाफा बढ्यो

काठमाडौं, २१ साउन । लक्ष्मी सन्राइज बैंकले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमाससम्म दुई अर्ब २६ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आइतबार सार्वजनिक गत वर्षको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ४९.४५ प्रतिशतले वृद्धि भएको हो ।

लक्ष्मी बैंक र सन्राइज बैंक १ः१ शेयर स्वाप रेसियोमा एकआपसमा मर्जरमा गरएका हुन् । मर्जरपछिको यी दुई बैंकको यो पहिलो वित्तीय विवरण हो ।

वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले एक अर्ब ५१ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी तथा सञ्चालन मुनाफा उलेख्य मात्रामा बढेकाले नाफा वृद्धिमा सहयोग पुगेको देखिन्छ ।

बैंकले गत वर्ष पाँच अर्ब ५० करोड ७१ लाख रुपैयाँ खुद ब्याजआम्दानी गरेको छ । त्यस्तै खुद फि तथा कमिशनबाट बैंकले ९९ करोड ६ लाख रुपैयाँ आर्जन गरेको छ ।

बैंकलाई उक्त अवधिमा तीन अर्ब ४२ करोड २७ लाख रुपैयाँ सञ्चालन मुनाफा भएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको वितरणयोग्य मुनाफा एक अर्ब ९३ करोड ७१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको वितरणयोग्य मुनाफा वृद्धि भए पनि लाभांश क्षमता घटेको छ । अघिल्लो वर्ष १०.४० प्रतिशत लाभांश क्षमता भएकोमा यो वर्ष बैंकको लाभांश क्षमता ८.९४ प्रतिशत मात्र रहेको छ ।

बैंकको खराब कर्जा २.८१ प्रतिशत कायम भएको छ । अघिल्लो वर्ष खराब कर्जा ०.८९ प्रतिशत थियो । बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ४४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५५ पैसा रहेको छ ।

बैंकको चुक्तापूँजी २१ अर्ब ६७ करोड दुई लाख ३८ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा कोषमा १४ अर्ब पाँच लाख रुपैयाँ सञ्चित गरेको छ ।

बैंकले असार मसान्तसम्म दुई खर्ब ९६ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने दुई खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x