Date

बिहि, साउन १, २०८२
Thu, July 17, 2025

वाणिज्य बैंकहरूको नाफा करिब २५ प्रतिशतले बढ्यो, नबिलले सर्वाधिक नाफा गर्दा कुमारी कमजोर

वाणिज्य बैंकहरूको नाफा करिब २५ प्रतिशतले बढ्यो, नबिलले सर्वाधिक नाफा गर्दा कुमारी कमजोर

काठमाडौं, २१ साउन । गत आर्थिक वर्ष २०७९/८० को अपरिष्कृत वित्तीय विवरण २० वटै वाणिज्य बैंकहरूले सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार साउन २१ भित्र वाणिज्य बैंकहरूले आफ्नो चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार २० वाणिज्य बैंकले ७० अर्ब १७ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको तुलनामा २० वाणिज्य बैंकको नाफा औसत २४.९५ प्रतिशतले वृद्धि भएको हो ।

आर्थिक वर्ष २०७८÷७९ को अन्त्यसम्म यी बैंकहरूले ५६ अर्ब १७ करोड २३ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । २० वाणिज्य बैंकमध्ये १८ वटाले नाफा वृद्धि गेका छन् भने बाँकी कुमारी र प्राइम कमर्सियल बैंकको नाफा भने घटेको छ । कुमारी बैंकको नाफा २४.१४ प्रतिशतले घटेको छ भने प्राइम कमर्सियल बैंकको १८.८१ प्रतिशतले नाफा घटेको छ ।

गत वर्ष नबिल बैंकले सर्वाधिक नाफा कमाएर र वृद्धि गरेर पहिलो नम्बरमा परेको छ । यो बैंकले गत वर्ष सात अर्ब ५२ करोड ७१ लाख रुपैयाँ नफा आर्जन गरेको छ भने अघिल्लो वर्ष यो बैंकले चार अर्ब २५ करोड ६० लख रुपैयाँ आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ७६.८६ प्रतिशले वृद्धि भएको हो ।
त्यस्तै बढी नाफा गर्ने दोस्रोमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको छ । यो बैंकले पनि सात अर्ब २५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । तर, अघिल्लो वर्षको तुलनामा यो बैंकको नाफा ४६ प्रतिशतले मात्र वृद्धि भएको छ ।

प्रतिशतको हिसाबमा सर्वाधिक नाफा वृद्धि गर्ने दोस्रोमा स्ट्याण्डर्ड चार्टर्ड बैंक रहेको छ । यो बैंकले ५६.२७ प्रतिशतले नाफा वृद्धि गरेको छ । गत वर्ष यो बैंकले तीन अर्ब ५२ करोड रुपैयाँ नाफा गरेको छ ।
तर, गत वर्ष २० वाणिज्य बैंकमध्ये सबैभन्दा कम नाफा माछापुछ्रे बैंकले आर्जन गरेपको छ ।

यो बैंकले एक अर्ब ८५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको हो । गत वर्ष तीन अर्बभन्दा कम नाफा आर्जन गर्नेमा आठ वटा बैंक रहेका छन् । जसमा मर्जरपछि एकीकृत कारोबार गर्ने प्रभु, लक्ष्मी सन्राइज र कुमारी पनि परेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *