Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

चुईगम पड्काएरै ६८ करोड र दाँत कोट्याएर ५० करोड सके नेपालीले

चुईगम पड्काएरै ६८ करोड र दाँत कोट्याएर ५० करोड सके नेपालीले

काठमाडौं, २८ साउन । गत आर्थिक वर्षमा मुलुकले १४ खर्ब ५४ अर्ब रुपैयाँ ब्यापारघाटा ब्यहोर्यो । देशभित्रै उत्पादन गर्न सकिने कृषि उपजदेखि र बिलासी बस्तुहरुको आयात बढ्दो छ । जसको कारण व्यापारघाटा बढेको बढै छ ।

भन्सार विभागका अनुसार गत वर्ष ५६ करोड ७६ लाख रुपैयाँको पेन, पेन्सिल र मार्कर मात्रै भित्रिएको छ। ५ करोड २७ लाख रुपैयाँको फेसक्रिम, ७८ करोड ५ लाख रुपैयाँको बडी लोसन र ४६ करोड ९ लाख रुपैयाँको महिलाले प्रयोग गर्ने सिन्दुर मात्रै भित्रिएको छ ।

यस्तै १ करोड ५ लाख रुपैयाँको स्याम्पु, ६३ करोड २१ लाख रुपैयाँको हेयर वेल, ६९ करोड ७७ लाख रुपैयाँको मेकअपका सामान र ६८ लाख ४४ हजार रुपैयाँको चुईगममात्रै आयात भयो ।

यतीमात्र होइन २१ करोड रुपैयाँको दात माझ्ने ब्रस र ५० करोड रुपैयाँको टुथपिक भित्रिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x