Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

अपि पावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने, कसले दिन पाउँछन् ?

अपि पावरको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने, कसले दिन पाउँछन् ?

काठमाडौं, ३१ साउन । अपि पावर कम्पनी लिमिटेडले आज (साउन ३१ गते) देखि हकप्रद शेयर निष्काशन गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो ।

कम्पनीको हाल कायम १०० कित्ता शेयर भएका शेयरधनीले ४० कित्ता शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । कम्पनीले १ अर्ब ६५ करोड ३३ लाख १३ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले असार २२ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले सो हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले अपि पावर, मुक्तिनाथ क्यापिटल र मुक्तिनाथ विकास बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत र सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सकिनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब १३ करोड ३२ लाख ८४ हजार २१२ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात कम्पनीको चुक्ता पूँजी पाँच अर्ब ७८ करोड ६५ लाख ९७ हजार ९१२ रुपैयाँ पुग्नेछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x