Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

आजदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कसको कति ?

आजदेखि श्रमिकको न्यूनतम पारिश्रमिक बढ्यो, कसको कति ?

काठमाडौं, १ भदौ । सरकारले आजदेखि लागु हुनेगरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ बमोजिम श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको हो ।

जसअनुसार अब चिया बगानबाहेकका श्रमिकले मासिकरूपमा न्यूनतम १७ हजार ३०० रुपैयाँ पारिश्रमिक पाउने छन् । जसमा आधारभूत पारिश्रमिक १० हजार ८२० रहेको र महँगी भत्ता ६ हजार ४८० रुपैयाँ रहेको छ ।

अब श्रमिकले दैनिकरूपमा न्यूनतम ६६८ रुपैयाँ पारिश्रमिक पाउने छन् । आंशिक समय मात्र काम गर्ने श्रमिकले प्रतिघण्टा न्यूनतम ९५ रुपैयाँ पाउने छन् ।

चिया बगानका श्रमिकको मासिकरूपमा न्यूनतम पारिश्रमिक १३ हजार ८९३ रुपैयाँ पुगेको छ । दैनिक पारिश्रमिक ५०० रुपैयाँ पुगेको छ । अब चिया बगामा काम गर्नेहरूले प्रतिघण्टा न्यूनतम ६६ रुपैयाँ पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x