Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

सरकार स्थायीत्व सहितको पूँजी बजार निर्माण गर्न चाहन्छ : अर्थमन्त्री खतिवडा

सरकार स्थायीत्व सहितको पूँजी बजार निर्माण गर्न चाहन्छ : अर्थमन्त्री खतिवडा

काठमाडौं, २५ जेठ । अर्थमन्त्री डा.युवराज खतिवडाले सरकारले राष्ट्रिय पूँजी निर्माण र त्यसको वितरण फराकिलो र गहिरो होस भन्ने चाहना राखेको बताएका छन् । राजधानीमा आज आयोजित नेपाल धितोपत्र बोर्डको रजत जयन्ती तथा २६ औं बार्षिक उत्सव समारोहमा अर्थमन्त्री खतिवडाले सरकारले स्थायीत्व सहितको पुँजी बजार निर्माण गर्न चाहेको बताए ।

सेयर बजार पारदर्शी र स्थायी भइ विद्युतीय कारोबार प्रणाली अनलाइनमा जाने प्रकृया छिटो अगाडी बढाउनुपर्नेमा समेत उनले जोड दिए । राष्ट्रिय अर्थतन्त्र निर्माणको चरणमा प्रवेश गरेको सरकारले नियमन प्रणालीलाई प्रमुख एजेन्डाको रुपमा लिएको भन्दै मन्त्री खतिवडाले सेयर बजारमा लगानीको दायरालाई फराकिलो पारी जोखीम सेयर गर्ने खेलको अन्त्य गर्नु पर्ने पनि बताए ।

नेपालको पुँजी बजार कारोबार २ सय १३ गुणाले वृद्धि भएको र १५ लाख लगानीकर्ताले कारोबार गर्दै आइरहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । देशका ७७ वटा जिल्लामा नै धितोपत्रको प्राथामिक बजारको पहँुच पुगेको र धितोपत्र दोस्रो बजारको सेवा समेत देशव्यापी गराउने क्रममा रहेको धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *