अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घट्दा सुनकाे बढ्याे
काठमाडाैं, ३ भदाै । गत आर्थिक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलकाे मूल्य घटेकाे छ ।
२०७९ असार मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ११२.२६ रहेको कच्चा पेट्रोलियम (Crude Oil Brent) को मूल्य २०८० असार मसान्तमा ३२.९ प्रतिशतले घट्न गई अमेरिकी डलर ७५.३२ कायम भएको हाे ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७९ असार मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७०६.१५ रहेकोमा २०८० असार मसान्तमा १४.५ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९५३.७० कायम भएको छ ।