तेस्रो हिमालयन ट्राभल मार्ट आगामी वर्ष जुनमा हुने

काठमाडौं, २६ जेठ । हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आगामी वर्ष जुन ७ देखि ९ सम्म आयोजना हुने भएको छ । काठमाण्डौको पार्क भिलेज होटलमा आयोजित दोस्रो हिमाालयन ट्राभल मार्टको समापन कार्यक्रमलाई सम्बोधन गर्दै हिमाालयन ट्राभल मार्ट २०१८ मूल–आयोजक समितिका अध्यक्ष तथा संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटाले नेपालको पर्यटन प्रवद्र्धनका लागि कोसेढुङ्गा बन्दै गएको हिमालयन ट्राभल मार्टको निरन्तरता हुनुपर्नेमा जोड दिदै तेस्रो संस्करणको मिति घोषणा गरेका हुन ।

मार्टको पहिलो दुई संस्करणहरु सन् २०१७ सालमा ५३ देशहरुवाट २ सय २५ विदेशी प्रतिनिधिहरु सहभागि थिए । त्यस्तै भर्खरै सम्पन्न तेस्रो हिमालयन मार्टमा भने ३६ वटा विभिन्न देशहरुवाट १ सय ७० भन्दा बढी विदेशी प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *