३१.५२ अंकले घट्याे नेप्से, एक अर्ब ५५ करोडकाे काराेबार
काठमाडौं, ७ भदौ । साताको कारोबारको अन्तिम दिन आज बिहिबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेर बन्द भएको छ । आज नेप्से ३१.५२ अंकले घटेर दुई हजार १३ दशमलब ९३ विन्दुमा बन्द भएको हो ।
त्यस्तै, आज एक अर्ब ५५ करोड ५ लाख बराबरको कारोबार भएको छ । आज कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने २०६ कम्पनीकोे शेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।