विनियोजन विधेयकमाथि छलफल सुरु हुँदै

काठमाडौ,२७ जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल सुरु हुदैछ । गत जेठ १५ गते सरकारले आर्थिक वर्ष २०७५-०७६ का लागि १३ खर्ब १५ अर्बको बजेट संसदमा प्रस्तुत गरेको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमाथि विनियोजित विधेयकमा आज पहिलो दिन छलफल हुने  संसदको कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ । विधेयकमाथि आगामी शुक्रवारसम्म छलफल । असार ३ गते देखि तीन दिन सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका रहेको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *