Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन गरिएको छः प्रधानमन्त्री प्रचण्ड

आँखा पाक्ने रोग नियन्त्रण गर्न देशभरका अस्पतालमा अभियान सञ्चालन गरिएको छः प्रधानमन्त्री प्रचण्ड

काठमाडाैं, १२ भदाै । प्रधानमन्त्री पुष्पकमल दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न देशभरका अस्पतालबाट अभियान सञ्चालन गरिएको बताएका छन् ।

मंगलवर प्रतिनिधि सभा बैठकमा सांसदहरुसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सांसद आस्मा चौधरीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले आँखा पाक्ने रोगको नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुबाट अभियान सञ्चालन गरिरहेको बताएका हुन् ।

उनले समुदायस्तरमा जनचेतना वृद्धि गर्न प्रचारप्रसारका कार्यका साथै संक्रमितहरूलाई सहज रूपमा औषधि उपचारको व्यवस्था मिलाइएको बताए ।

त्यसैगरी स्वास्थ्य सेवा विभागका महानिर्देशकको अध्यक्षतामा संघीय द्रुत प्रतिकार्य समितिको गठन गरी रोकथाम र प्रवन्धनका विभिन्न कार्यहरू भइरहेको पनि जानकारी दिए ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x