Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

सेजनको अध्यक्षमा ओली निर्वाचित

सेजनको अध्यक्षमा ओली निर्वाचित

काठमाडाैं, १६ भदौ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)काे अध्यक्षमा सुजन ओली विजयी भएका छन ।

ओलीले ९९ मत ल्याएर निर्वाचित भए। निकटतम प्रतिद्वन्दी शिराेमणी ढुङ्गानाले मत ९६ प्राप्त गरे । शनिबार सम्पन्न २५औं वार्षिक साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् ।

सेजनकाे महासचिवमा विश्वास रेग्मी निर्विराेध निर्वाचित भैसकेका छन् ।सचिवमा साेभित थपलिया निर्वाचित भएका छन् । थपलियाले १०६ मत पाएका छन भने प्रत्यासी मुना कुँवरले ७९ मत पाएकी छिन् । काेषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । उनले १६० मत पाएका छन् भने प्रत्यासी कमला अर्यालले ८५ मत ल्याएकी छिन् ।

सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जाेशी १७९, ममता थापा १५६, छवि सापकाेटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनकाे निर्वाचनमा २५२ मत खसेकाे थियाे

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x