क्रिकेट खेलाडीलाई सरकारले पुरस्कार घाेषणा मात्र गर्छ, दिँदैन : ज्ञानेन्द्र शाही
काठमाडाैं, १८ भदाै । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई दिने भनेर वाचा गरिएकाे कुनै पनि रकम खेलाडीको बैंक खातामा नपुगेको राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बताएका छन् ।
सरकारले नेपाल नाबेविया स्कटल्याण्ड काठमाडाैंमा ३ लाख, नेपाल युएइ पिएनजीसँग खेल्दा ३ लाख, नेपाल युएइ पिएनजी काठमाडाैंसँग खेल्दा ३ लाख, प्धानमन्त्रीले घाेषणा गरेकाे २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपाली खेलाडीलाई १७ लाख दिने वाचा गरीए पनि हाल सम्म नेपाली खेलाडीकाे खातामा १ रूपैयाँ नपुगेकाे बताएका हुन् ।
भारतका कप्तान राेहित शर्मा एक वर्षमा २७ कराेड आम्दानी गरीरहँदा नेपालका कप्तान राेहित पाैडेलकाे ७ लाख २० हजार भन्दा बढी नभएकाे भन्दै खेलाडीलाई उत्प्रेरित गर्न खेलाडीसँग गरेका वाचा पूरा गर्न सरकारसँग आग्रह गरे ।
न्यून पारिश्रमिकमा पनि खेलाडीहरूले खेल्न र राष्ट्रलाई गौरवान्वित पार्ने काम गरिरहेकाे उनकाे भनाइ छ ।