गरिमा क्यापिटल लिमिटेडद्वारा ‘गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता’ आयोजना
काठमाडाैं, १८ भदाै । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटल लिमिटेडले “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ ।
गरिमा क्यापिटल लिमिटेडले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूका लागि भाद्र १७ गते देखि आश्विन ०५ गतेसम्मका लागी “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हाे ।
यस सेल्फी प्रतियोगितामा भाग लिन इच्छुक व्यक्तिले परम्परागत पोशाकमा लिएका आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजको “Mentions” मा पाेष्ट गर्नु पर्ने छ ।
फोटो पोष्ट गर्दा #GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited ह्यासट्यागहरू समावेश गर्नुपर्नेछ । भने सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।
अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथम विजेतालाई रु ३०००, द्वितीय प्रतियाेगिलाई रु २,००० र तृतीय विजेतालाई रु १,००० नगद उपहार प्रदान गरिनेछ ।