Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

कनेक्ट आइपिएससँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइलफोन हातमा’ अफर

कनेक्ट आइपिएससँगको सहकार्यमा एनआईसी एशियाले ल्यायो ‘फण्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइलफोन हातमा’ अफर

काठमाडाैं, २२ भदाै । डिजिटल बैंकिङ्गमा मुलुकको अग्रणी स्थानमा रही सहज बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको यस एनआईसी एशिया बैंकले कनेक्ट आइपिएस सँँगको सहकार्यमा आफ्ना मोवाइल बैंकिङ्ग ग्राहकहरूका लागि फण्ड ट्रान्फरमा हरेक हप्ता मोबाइल फोन हातमा” अफर सार्वजनिक गरेको छ । सो अफर अन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोवाइल बैकिङ्ग ग्राहक महानुभावले यस बैंकको मोबाइल बैकिङ्ग एप प्रयोग गरी कनेक्ट आइपिएस मार्फत फण्ड ट्रान्फर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन्।

भाद्र १७ गतेदेखि लागु भएको यो अफर असोज २० गतेसम्म चल्नेछ । अफर अन्तर्गत एकजना ग्राहकहरूलाई हप्ता सकिएपछि (आइतबारदेखि शनिबारको अवधिलाई एक हप्ता मानिने छ) ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एशिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिनेछ ।

फण्ड ट्रान्फर गर्न आफ्नो मोवाइल बैंकिङ्ग सेवा एपमा लगइन गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको फण्ड ट्रान्फर अप्सनमा क्लिक गरेर अदर बैंक युजिङ कनेक्ट आइपिएस छनौट गर्नुपर्छ । यसरी ँफण्ड ट्रान्फर गर्दा कनेक्ट आइपिएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन । फण्ड ट्रान्फर तथा विभिन्न भुक्तानीका निम्ती मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रर्वद्धन गर्ने विश्वास बैंकले लिएको छ ।

हाल २४ लाखभन्दा बढि मोवाइल बैंकिङ्ग ग्राहकहरुले मो बैंक एप प्रयोग गरिरहेका छन् । भने मोवाइल बैकिङ्गमा रहेको कनेक्ट आइपिएस मार्फत प्रति दिन प्रति कारोबार रु. ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६०१ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ्ग सञ्जाल विस्तार गरेको छ ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x