Date

शनि, मंसिर १५, २०८१
Sat, November 30, 2024

बीमा संस्थानमा राष्ट्र बैंकले लगानी थप्यो, दुई संस्थापकको बाँकी

बीमा संस्थानमा राष्ट्र बैंकले लगानी थप्यो, दुई संस्थापकको बाँकी

काठमाडौं, २४ भदौ । राष्ट्रिय बीमा संस्थानको सबैभन्दा ठूलो शेयरधनी नेपाल राष्ट्र बैंकले पुँजी वृद्धिको लागि आफ्नो हिस्सा भुक्तानी गरेको छ । राष्ट्र बैंकको भागमा परेको थप पुँजी एक अर्ब ८४ करोड ४० लाख रुपैयाँ चुक्ता गरिसकेको छ । संस्थानका प्रबन्धक तथा सूचना अधिकारी भोलानाथ घिमिरेका अनुसार संस्थापक तर्फ नेपाल बैंक र अर्थमन्त्रालयले भने अब पुँजी थप गर्न बाँकी छ । घिमिरेका अनुसार राष्ट्र बैंकले आफूले चुक्ता गर्नुपर्ने सबै रकम चुक्ता गरिसकेको छ ।

राष्ट्रिय बीमा संस्थानमा नेपाल राष्ट्र बैंकको ५५ प्रतिशत, अर्थ मन्त्रालयको २८ प्रतिशत र नेपाल बैंकको १७ प्रतिशत शेयर रहेको छ । यी शेयरधनीमध्ये अर्थ मन्त्रालय र नेपाल बैंकले भने आफ्नो भागको शेयर स्वामित्व थप गर्न बाँकी छ ।

बीमा संस्थानले पुँजी वृद्धि गरी ५ अर्ब रुपैयाँ पुर्याउन संस्थापक सेयरधनीको तर्फबाट ७० प्रतिशत अर्थात् ३ अर्ब ५० करोड रुपैयाँ संकलन गर्नुपर्नेछ ।

हाल संस्थाको चुक्ता पुँजी १८ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ । जीवन बिमा कम्पनीहरूलाई प्राधिकरणले पाँच अर्ब रुपैयाँ चुक्ता पुँजी कायम गर्नुपर्ने व्यवस्था गरेको छ । तोकिएको चुक्ता पुँजी कायम गर्न अब यो संस्थानलाई तीन अर्ब ३१ करोड ८९ लाख ८० हजार रुपैयाँ जुटाउनुपर्ने हुन्छ । संस्थानले प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेर एक अर्ब ५० करोड रुपैयाँ जुटाउने भएको छ ।

हालको शेयर स्वाप रेसियो अनुसार प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न नेपाल राष्ट्र बैंकको भागमा एक अर्ब ९४ करोड ४६ लाख रुपैयाँ परेको छ । त्यस्तै, अर्थ मन्त्रालयको भागमा ९७ करोड १९ लाख ५० हजार र नेपाल बैंकको भागमा ५८ करोड ३४ लाख ५० हजार रुपैयाँ परेको छ ।

अब अर्थ मन्त्रालयले संस्थापकको तर्फबाट पुँजी पु¥याउन ९२ कराड १६ लाख ६६ हजार रुपैयाँ थप गर्नुपर्ने छ । त्यस्तै, नेपाल बैंकले ५५ करोड ३२ लाख ८० हजार रुपैयाँ चुक्ता गर्नुपर्ने छ ।
संस्थानको नाम पनि परिवर्तन गरी राष्ट्रिय जीवन बीमा कम्पनी बनाउने प्रस्ताव गरिएको घिमिरेले बताए ।

संस्थानले विगत ५ वर्षदेखिको हिसाब लेखापरीक्षण गराउन र साधारणसभा गराउन सकेको छैन । अन्तिम आर्थिक वर्षको लेखापरीक्षण र साधारणसभा नगरेका कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गर्न पाउँदैनन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x