Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

लघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासो कसरी दर्ता गर्ने, सुनुवाई कहाँबाट हुन्छ ?

लघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासो कसरी दर्ता गर्ने, सुनुवाई कहाँबाट हुन्छ ?

काठमाडाैं, २४ भदाै । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय सेवा सम्बन्धी गुनासो दर्ता गर्न गुनासो सुनुवाइ डेस्कको स्थापना गरेर सेवा दिँदै आइरहेकाे छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूसँग बचत तथा कर्जा कारोबार गरिरहेका सरोकारवाला सदस्यहरूको लघुवित्त वित्तीय सेवासम्बन्धी गुनासो भएमा सुनुवाइ डेस्कमा गुनासाे दर्ता गर्न आग्रह गरेकाे छ ।

‘लघुवित्त वित्तिय संस्थाले नेपाल राष्ट्र बैंकले जारी गरेका निर्देशनको पालना नगरेको, तोके भन्दा बढी ब्याजदर वा अन्य शुल्क लिएको, गैर कानूनी ढङ्गमा सम्पति लिलामी गरेको उद्यम व्यसाय गर्न असहयोग गरेको लगायत अन्य जुनसुकै गुनासो भएमा पैसा तिर्नु नपर्ने टोल फ्रि नं १८१०५००००२२ मार्फत वा गुनासो दर्ता गर्ने अनलाइन पोटल gunaso.nrb.org.np बाट वा इमेल [email protected] मार्फत वा कार्यालय समयमा नेपाल राष्ट्र बैंककाे जुनसुकै कार्यालयमा निवेदन दर्ता गरी साे काे यथाेचित समाधान गर्नेतर्फ पहल गर्न सम्बन्धित सबै ऋणिलाई जानकारी गराइन्छ’ राष्ट्र बैंकबाट जारी सुचनामा भनिएकाे छ ।

कहाँबाट हुन्छ लघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासोको सुनुवाई ?

लघुवित्त वित्तीय संस्था सम्बन्धी गुनासोको सुनुवाई नेपाल राष्ट्र बैंकबाट हुन्छ । यसको लागि यस बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग अन्तर्गत गुनासो सुनुवाई इकाई रहेको छ ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x