Date

शुक्र, बैशाख ५, २०८२
Fri, April 18, 2025

अब पारामाउन्ट मोटर्सको ‘एमजि कमेट इभि’ र ‘एमजि ४ इभि’ नेपाली बजारमा उपलब्ध

अब पारामाउन्ट मोटर्सको ‘एमजि कमेट इभि’ र ‘एमजि ४ इभि’ नेपाली बजारमा उपलब्ध

काठमाडौं, २४ भदाै । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँ नाम हुन् ।

सार्वजनिक कार्यक्रममा पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भिर्त्याउन पाउँदा अत्यन्तै उत्साहित भएकाे बताए । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुने उनकाे भनाइ छ ।

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७.३ Kwh को ब्याट्रि र ३१.२६KW को मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि IP67 रेटेड ब्याट्रि, डुवल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन ।

एमजि कमेट इभिको शुरुवाती मुल्य १७९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।

त्यस्तै एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा १,००,००० किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा १,२०,००० किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको छ ।

हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ । कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१Kwh र ९९KW को मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ Kwh र १५० KW को मोटर रहेको छ । एमजि ४

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x