Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाए

प्रधानमन्त्री प्रचण्डले श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाए

काठमाडौं, २५ भदौ । श्रम गन्तव्य सुरक्षित बनाउन र मानव तस्करी रोक्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालका श्रम गन्तव्य देशका राजदूत र नियोग प्रमुखलाई काठमाडौं बोलाएका छन्। प्रधानमन्त्रीले विदेशस्थित नेपाली दूतावास तथा कूटनीतिक नियोगका प्रतिनिधिलाई सहभागी गराई दुई दिवसीय बैठक आयोजना गर्न लागेका हुन्।

मंगलबार र बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा चल्नेछ। यो प्रहिलो बैठक हो । प्रधानमन्त्री प्रचण्डकै अध्यक्षतामा हुने बैठकमा श्रम आप्रवासनका सवाल र कूटनीतिक नियोगको भूमिकाका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

वैदेशिक श्रम स्वीकृतिदेखि कार्यस्थलसम्म नेपाली श्रमिकले भोगेका समस्या र समाधानका उपाय पहिचान गरी तिनलाई निर्णयमा बदल्ने काम बैठकले गर्ने बताइएको छ । बैठकले सुरक्षित श्रम गन्तव्यका लागि आवश्यक कानुनी र संरचनात्मक सुधारको बाटो पहिल्याउने छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x