Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग

इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनको १ करोड ८० लाख सहयोग

काठमाडाैं, २६ भदाै । काठमाडौँमा अस्पताल भवन निर्माणका लागि आनी छोइङ्ग ड्रोल्मा फाउन्डेसनले रु १,८०,००,००० (एक करोड असि लाखको) सहयोग प्रदान गरेकाे छ ।

यस परियोजना अन्तर्गत पहिलो अस्पताल किओच–दमक बाल अस्पताल कोशी प्रदेश, झापा जिल्लाको दमकमा स्थापना भई सेवा शुरू भएको छ । यस अस्पतालबाट वहिरङ्ग, आकष्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, पिआइसियु, एनआइसियु, एचडियु लगायतका सेवा प्रदान गरिएको छ भने शल्यकृया सेवाका लागि मोडुलर अपरेसन थिएटरको निर्माण सम्पन्न भई सेवा सुरु हुने चरणमा रहेको छ । सेवा सुरु भएको चार महिनामा यसले वहिरङ्ग सेवा अन्तर्गत ८,३०० तथा अन्तरङ्ग सेवा अन्तर्गत १,८५० भन्दा वढी बालबालिकालाई पु¥याएको सेवा र सेवाग्राहीबाट प्राप्त सकारात्मक प्रतिक्रिया प्रोत्साहनजनक रहेका छन् ।

काठमाण्डाैंको बुढानिलकण्ठ नगरपालिका वडा नं. ७ मा ’हब’ अस्पतालका रूपमा बहुबिशिष्टिकृत बाल अस्पताल किओच–काठमाण्डाैं बाल अस्पतालको निर्माण कार्य शुरु भई जग निर्माणको कार्य जारी रहेको छ । अस्पतालको मूल भवनको निर्माण कार्य जारी रहँदा बिरामी बालबालिकालाई सेवा प्रदान गर्ने कार्य सुरु गर्न र बाल स्वास्थ्य तथा नसर्ने रोगहरुका सम्बन्धमा अनुसन्धान अघि बढाउनका लागि क्लिनिकल रिसर्च बिल्डिंग निर्माणको अन्तिम चरणमा पुगेर फिनिसिंगको कार्य भैरहेको छ ।

यी सम्पूर्ण कार्य गर्नका लागि संघिय सरकार, प्रदेश सरकार, काठमाडाैं महानगरपालिका लगायतका स्थानीय सरकार, व्यापारिक घराना, वित्तिय संस्थाहरु, अन्य स्वदेश तथा विदेशका संघसंस्था र व्यक्तिहरुबाट आर्थिक तथा जिन्सी सहयोग प्राप्त भईरहेकाे अस्पतालले जनएकाे छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x