Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

पर्यटकीय गन्तव्य सैलुङ, जहाँ स्वर्गको अनुभूति हुन्छ ‘फोटोफिचर’

पर्यटकीय गन्तव्य सैलुङ, जहाँ स्वर्गको अनुभूति हुन्छ ‘फोटोफिचर’

काठमाडौं, २६ भदौ । प्राकृतिक मनोरम स्थान मन पराउनेहरूका लागि काठमाडौंदेखि नजिकको गन्तव्य बनेको छ, दोलखाको सैलुङ क्षेत्र । थुम्कैथुम्काका चुचुराहरू रहेको यो स्थान प्राकृतिक र धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

तस्वीर: अर्थ को अर्थ/ विशाल सिग्देल

सत्ययुगमा ऋषिमुनिहरूले यहाँका सयवटै थुम्कामा तपस्या गरेर ज्ञान प्राप्त गरेको किंवदन्ती छ ।  शैलुङ डाँडा प्रकृतिले सुन्दर स्थलको रूपमा मात्र नभएर धार्मिक स्थलको रूपमा पनि परिचित छ , जहाँ जनैपूर्णिमा, बालाचतुर्दशी, बारवर्षे मेला जस्ता चाडमा धेरै दर्शनार्थीहरूको भीड लाग्ने गर्दछ। साथै शैलुङ डाँडा यस अर्थमा पनि प्रख्यात छ की, जुन डाँडा १०० वटा अग्ला र होचा हेर्नलायक मनमोहक सुन्दर थुम्काथुम्की डाँडाहरूले जोडिएर बनेको छ।

चारैतिर देखिने मनोरम हिमशिखरहरू, वनैभरि नाच्ने डाँफेमुनाल, चौंरी र विभिन्न जातजातिका चराचुरीङ्गी एंव जंगली जनावरहरूले शैलुङ डाँडा धार्मिक एबम पर्यटकिय महत्त्व बोकेको स्थानको रूपमा चिरपरिचित रहदै आएकोछ। साथै थुम्कामा हिउँद महिनामा सेताम्मे हिउँ पर्ने भएकोले यसबेला हिउँप्रेमीहरूको धेरै भीड लाग्ने गर्दछ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x