Date

सोम, असार २३, २०८२
Mon, July 7, 2025

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, १ अर्ब १३ करोडकाे काराेबार

नेप्सेमा दाेहाेराे अंककाे गिरावट, १ अर्ब १३ करोडकाे काराेबार

काठमाडौं, २६ भदाै । दुई दिन लगातार बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज तेस्रो दिन मंगलबार गिरावट आएको छ । आज नेप्से परिसूचक १९. ४२ अंकले घटेर १ हजार ९ सय ६७ दशमलव ५७ विन्दुमा पुगेकाे छ ।

मंगलबार २७६ धितोपत्रको कारोबार हुँदा १९१ओटाको मूल्य घटेको छ भने ३३ ओटाको बढेको छ । ४ धितोपत्रको मूल्य भने यथावत् छ । यस दिन ३९ लाख १६ हजार १६१ कित्ता शेयर खरीदविक्री हुँदा १ अर्ब १३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये म्युच्युअल फण्ड बाहेक सबै समुहका उपसूचक घटेका छन् । सर्वाधिक शेयरमूल्य घट्ने समूहमा हाेटल र पर्यटन र वित्त समुह रहेका छन् । जसकाे उपसूचक क्रमशः १. ९८ र १.९२ प्रतिशतले घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *