Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

अब हामी गर्न सक्छौं, गर्न सकिन्छ बहस भनेर चलाऔं : अर्थमन्त्री डा. महत

अब हामी गर्न सक्छौं, गर्न सकिन्छ बहस भनेर चलाऔं : अर्थमन्त्री डा. महत

काठमाडौं, २७ भदाै । अर्थमन्त्री डा. प्रकाशशरण महतले अब देशको आर्थिक गतिविधिले तीब्रता पाउने आशा व्यक्त गर्नुभएको छ । नेपाल भ्युज कन्केलेभ २०२३ मा मन्त्री डा. महतले राजनीतिमा एउटा सिस्टम स्थापित भएको र अब सकारात्मक बहसको आवश्यकता रहेकाे बताए ।

उनले भने, ‘त्यो भनेको ‘हामी गर्न सक्छौं, गर्न सकिन्छ भन्ने विषयमा छलफल व्यापक बनाउनुपर्छ । देशमा यसले सकरात्मक सन्देश फैलाउँछ । जब आत्मविश्वास बढ्छ, आत्मविश्वास बढ्यो भने आम्दानी गर्न सकिन्छ, आम्दानी भयो भने खर्च गर्न गरिन्छ । पूँजी छ भने लगानी गर्न गरिन्छ ।’

सुशासन, पारदर्शिता र कानुनको शासनलाई मध्यनजर राखेर सरकार अगाडि बढेको मन्त्री डा. महतले स्पष्ट पारे। उनले भने, ‘हाम्रो आर्थिक रुपान्तरणको चारवटा खम्बा पर्यटन, हाइड्रो, सूचना प्रविधि र एग्रो विजनेश स्पष्ट र पारदर्शीरुपमा छन् ।’

चारवटा खम्बामध्ये पर्यटन क्षेत्र पहिलो भएको उनले बताए । ‘पर्यटन क्षेत्रमा पश्चिमा देशको पर्यटन कुर्ने अवस्थाको अन्त्य भएको छ । छिमेकी मुलुकबाट लाखौं पर्यटक भित्र्याउन सक्छौं । रोजगारी र आम्दानी मात्र होइन, यसले आर्थिक रुपमा धेरै सहयोग पुग्छ । यो व्यवसायलाई अगाडि बढाउनुपर्छ ’ उनले भने ।

दोस्रो जलविद्युत भएको उनको भनाइ थियो । ‘०४६ सालबाट निजी क्षेत्रले उत्पादन सुरु गरेको अहिले साढे दुई सय मेगावट उत्पादन भइसकेको छ । समग्रमा यसले लय पक्रेको छ । अहिले भारतसँग १० हजार मेगावट विद्युत खरिद सम्झौता भएको छ, उनले भने ‘बंगलादेशमा पनि बजार छ । यसबाट राजश्व वृद्धिमा महत्वपूर्ण योगदान पुग्छ । डायस्फोराले पनि यो क्षेत्रमा लगानीका लागि उत्सुकता देखाएको छ ।’

सीमाहिन सम्भावना सूचना प्रविधि क्षेत्र भएको मन्त्री डा. महतले स्पष्ट पारे । उनले भने, ‘विशेषतः कोभिडपछि युवा पुस्ताले यो क्षेत्रमा आफ्नो क्षमता देखाइरहेका छन् । हजारौं युवा यसमा संलग्न छन् । संस्थागत रुपमा विकसित हुँदै आइरहेको छ । यसमा सीमाहिन सम्भावना छ । सरकारले यसलाई समन्वय गर्न सकेको छैन ।’

बेलायतमा निर्यात भइरहेको सफ्टवेयरका बारेमा सरकारसँग तथ्यांकसमेत नरहेकाे बताए । अब निजी र सरकारी क्षेत्र मिलेर नेपाललाई आईटी हबको रुपमा विकास गर्न सकिने उनकाे भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x