Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

साताको शेयर कारोबार : ३ दिनमा ९४ अंक बढ्यो, ५ अर्ब २२ करोडको कारोबार

साताको शेयर कारोबार : ३ दिनमा ९४ अंक बढ्यो, ५ अर्ब २२ करोडको कारोबार

काठमाडौं, ३० भदौ । यो साता धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक चार कारोबार दिनमा ३ दिन बढेको छ । यो साताको शेयर कारोबार मापक नेप्से परिसूचकको उतारचढाव सामान्य रह्यो । यो साताभरीमा बजार ९४.०१ अंकले बढेको छ भने १९.४२ अंक मात्र घटेको छ ।यसले बजारमा लगानीकर्ता अब सक्रिय भएको देखाउँछ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार शेयर बजारमा यो हप्ता चार दिनमा कूल पाँच अर्ब २२ करोड ११ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार परिसूचक १०.२३ अंकले बढेको थियो । सो दिन एक अर्ब सात करोड २२ लाख रुपैयाँको ४३ लाख १४ हजार ४१७ कित्ता कारोबार भएको थियो ।

त्यस्तै सोमबार परिसूचक ४४.३० अंकले बढेको थियो । उक्त दिन एक अर्ब ५१ करोड ८३ लाख रुपैयाँको कारोबार भएको थियो । सो दिन ४७ लाख ४३ हजार ५११ कित्ता कारोबार भएको थियो ।
साताको काराबारमा लगातार दुई दिन बढेर तेस्रो दिनको कारोबार भने घटेको थियो । मङ्गलबार नेप्से परिसूचक १९.४२ अङ्कले घटेको थियो । सो दिन एक अर्ब १३ करोड ५० लाख रुपैयाँको ३९ लाख १ हजार ६१६१ कित्ता कारोबार भएको थियो ।

बुधबारको कारोबार मापक नेप्से परिसूचक अघिल्लो दिनका तुलनामा ३९.४८ अंकले बढेको थियो । उक्त दिन १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । उक्त दिन ५१ लाख ४४ हजार ७२४ कित्ता कारोबार भएको थियो ।

सातामा पाँच दिन शेयर कारोबार हुने भए पनि बिहीबार भने संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनमा सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले शेयर कारोबार पनि बन्द भएको थियो ।

अघिल्लो साता भने चार कारोबार दिनमा एक कारोबार दिन मात्र बाढेको थियो । अघिल्लो साता ४ अर्ब २३ करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x