Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

‘माइस’ पर्यटन तथा विवाह गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न हानकाे अन्तर्क्रिया

‘माइस’ पर्यटन तथा विवाह गन्तव्यको रुपमा नेपाललाई स्थापित गर्न हानकाे अन्तर्क्रिया

काठमकाडाैं, ३१ भदाै । होटल संघ नेपालले मेला, सभा-सम्मेलन र विवाह गन्तव्यको बढ्दो माग परिपूर्तिका लागि कार्ययोजना तयार गर्न भदौ ३१ गते आइतबार सरोकारवालाहरुसँग बैठक आयोजना गरेकाे छ ।

होटल संघ नेपालको वार्षिक कार्ययोजना भित्र परेको यस कार्यक्रमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नेपाल माइस पर्यटनको लागि उपयुक्त गन्तव्यको रुपमा स्थापना गर्न सघाउ पु¥याउने संघका अध्यक्ष विनायक शाहले बताए ।प्रकृतिले प्रचुर साथ दिएको नेपालमा पर्यटन बढाउन ‘माइस’ पर्यटनको विकास गर्न अपरिहार्य रहेको उनकाे भनाइ छ ।

नेपालले विश्वको व्यापारिक समुदायमा अन्तर्राष्ट्रिय सभा सम्मेलन गन्तव्यको रूपमा लोकप्रियता हासिल गरेको परिप्रेक्ष्यमा यस कार्यक्रमबाट सरोकारवालाहरुले उपयुक्त कार्यनीति तयार गर्ने विश्वास लिएकाे उनले बताए ।

अन्तर्राष्ट्रिय स्तरको मेला, सभारसम्मेलनसँगै व्यापार व्यवसायको प्रवद्र्धनका लागि विदेश भ्रमणमा पठाउने प्रचलन विश्वव्यापी रुपमा अझ छिमेकका भारत र चीनमा बढ्दै गएको छ । छिमेकको भारत लगायतका देशहरुबाट वर्षेनी हजारौंको संख्यामा विवाह गर्ने जोडीहरु र उनीहरुको परिवारका सदस्यहरु नेपाल आउने क्रम बढेको हुँदा यस विधालाई थप लोकप्रिय र फराकिलो बनाउन पनि होटल संघ नेपालले आयोजना गर्न लागेको कार्यक्रमले सघाउ पु¥याउने विश्वास लिइएकाे छ ।

यस्ता मेला, सभारसम्मेलन, गन्तव्य विवाह तथा प्रोत्साहन भ्रमणका कार्यक्रमलाई नेपालको पहाडी तथा तराईका गन्तव्य, प्राकृतिक ट्रेकिङ क्षेत्र र धार्मिक तथा सम्पदा स्थलहरूका विभिन्न प्याकेज बनाइ कर्पोरेट कम्पनीहरूलाई आकर्षित गर्न सक्ने सम्भावना प्रवल रहेको छ भने यसका लागि सरकारी नीति नियम, थप पूर्वाधार, जनशक्ति र प्रभावकारी प्रवद्र्धनका कार्यक्रमहरुको आवश्यकता रहेको संघले जनाएको छ ।

कार्यक्रममा सदस्य होटलका प्रतिनिधिहरू, सम्वद्ध सरकारी अधिकारीहरु, विज्ञहरु, टुर अपरेटरहरू, पर्यटनसँग सम्बन्धित संघ संस्थाका पदाधिकारीहरु उपस्थिति रहेकाे थियाे ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x