Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

चाडपर्व लक्षित अनुगमन : बजारमा अभाव भएको बेला गोदाममा ७० हजार केजी चिनी भेटियाे

चाडपर्व लक्षित अनुगमन : बजारमा अभाव भएको बेला गोदाममा ७० हजार केजी चिनी भेटियाे

काठमाडौं, ९ असोज । अहिले बजारमा चिनीको मूल्य प्रतिकेजी ९० रुपैयाँबाट १३० रुपैयाँ पुर्याएको छ । मूल्य मात्र बढेकाे छैन अभाव पनि छ। तर यस्तो अवस्थामा ब्यापारीको गोदाममा ठूलो मात्रामा चिनी भेटिएको छ ।

काठमाडौंको कुलेश्वरमा लेवलिङ नभएको ७० हजार किलो चिनी फेला परेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनको क्रममा एक व्यापारिक फर्मले भण्डारण गरिराखेको अवस्थामा ७० हजार किलो चिनी फेला पारेको हो।

 

विभागका निर्देशक आनन्दराज पोखरेलका अनुसार ठूलो मात्रामा फेला परेको चिनीको बोरामा लेवलिङ छैन। बिक्री वितरणका लागि राखेको चिनीमा कैफियत देखिएको विभागले जनाएको छ।

चिनीको बोरामा नेपाली ब्रान्ड भएपनि आयातित् हो वा नेपालकै भनी थप अध्ययन हुने उनले बताए। विभागले अजोज १ गतेदेखि चाडपर्व लक्षित गरि अनुगमन सुरु गरेको छ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x