नेपाल आयल निगमको पनि आइपीओ आउँदै

काठमाडौं, ९ असोज । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारीमा रहेको बताएका छन् । मंगलबार नेपाल एलपी ग्याँस उद्योग संघको २८औँ वार्षिक साधारणसभामा बोल्दै कार्यकारी निर्देशक थानीले यस्तो बताएका हुन् । उनले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा सातौँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले समय लागेको बताए ।
उनले कम्तीमा दुईवटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले आईपीओ जारी गर्न प्रतिबद्ध रहेको बताए । सर्वसाधारण जनतालाई समेतलाई निगममा ओनरसिप बनाउन आईपीओ जारी गर्ने जानकारी दिए ।