Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

वाणिज्य बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने

वाणिज्य बैंकहरुले दैनिक २० किलोसम्म सुन आयात गर्न पाउने

काठमाडौ, ११ असोज । नेपाल राष्ट्र बैंकले हाल दैनिक २० किलो सुन आयात गर्न पाउने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बुधबार एक सर्कुलर जारी गर्दै अब वाणिज्य बैंकहरूले दैनिक २० किलो सुन ल्याउन पाउने व्यवस्था गरेको हो ।

दैनिक तोकिएको कोटा अनुसार सुन नआएमा त्यही महिनाको कुनै दिन दैनिक तोकिएको कोटामा थप गरी सुन आयात गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

तर, कुनै एक महिनाको कुनै दिन आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने व्यवस्था गरिएको छ ।

“व्यतीत भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्कौ महिनामा आयात गर्न पाइने छैन भन्नाले कुनै वर्षको एक महिना (उदाहरणका लागि साउन महिना) मा दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा त्यस्तो सुन तत् (साउन महिना) पश्चात्का महिनाहरूमा आयात गर्न पाइने छैन । तर, कुनै एक महिना (उदाहरणका लागि साउन महिना) को कुनै समयसम्म दैनिक तोकिएबमोजिमको परिमाणको सुन आयात नभएमा सोही महिना (साउन) भित्र त्यस्तो सुन आयात गर्न भने बाधा पर्ने छैन,” सर्कुलरमा भनिएको छ ।

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x