Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

रिलायन्स फाइनान्सले १२ प्रतिशत बोनस शेयर दिने

रिलायन्स फाइनान्सले १२ प्रतिशत बोनस शेयर दिने

काठमाडौं, ३१ जेठ । रिलायन्स फाइनान्सले शेयरधनीहरुलाई १२ प्रतिशत बोनस शेयर दिने निर्णय गरेको छ । फाइनान्सले हालको चुक्ता पुँजी ७४ करोड ३२ लाख रुपैयाँको १२ प्रतिशत बोनस शेयर दिने भएको हो ।

शेयरधनीहरुलाई बोनस शेयरमा लाग्ने कर तिर्न ०.६३ प्रतिशत नगद लाभांश समेत दिने जनाएको छ । फाइनान्सले यसअघि जारी गरेको १० बराबर ४.५ कित्ता अर्थात ४० प्रतिशत हकप्रद शेयर आवेदनकर्ताहरुलाई समेत सो प्रस्तावित बोनस शेयर दिने बताएको छ । फाइनान्सले २३ हजार ६६ लाख ५७१.६० कित्ता हकप्रद शेयर जारी गरेको हो ।

बोनस शेयर पछि फाइनान्सको चुक्ता पुँजी ८३ करोड २३ लाख रुपैयाँ पुग्ने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x