आकाशियो नेपाली भान्सा पेट्रोल, डिजेल र खाना पकाउने ग्यासको मूल्य बढयॊ

काठमाडौं, १३ असोज । नेपाल आयल निगमले पेट्रोलियम पदार्थसहित ग्यासको मूल्य बढाएको छ । आइतबार (भोली) १ बजे बिहानदेखि लागु हुने गरी खाना पकाउने ग्यासको मूल्य एकैपटक प्रतिसिलिन्डर २१५ रुपैयाँले बढाइएको हो । इन्डियन आयल कर्पाेरेसन (आईओसी)ले मूल्य बढाएर पठाएसँगै नेपालमा पनि मूल्य बढेको हो ।
यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटिर ६ रुपैयाँले बढाइएको निगमले जनाएको छ ।
मूल्य वृद्धि भएसँगै काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८५ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ पुगेको छ ।