सामान्य अंकले बढ्याे नेप्से, एक अर्ब ७३ कराेडकाे काराेबार
काठमाडौँ, १५ असोज । साेमबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूक सामान्य अंकले बढेकाे छ । आज नेप्से परिसूचक ५.१९ अंकले बढेर एक हजार ९ सय ७६ दशमलब २९ विन्दुमा बन्द भएको हो । आइतबार नेप्से परिसूचक ३३.२० अंकले घटेकाे थियाे ।
त्यस्तै, आज कराेबार रकम भने घटेकाे छ । आज एक अर्ब ७३ कराेड ७३ लाख १४ हजार बराबरकाे काराेबार भएकाे छ । हिजाे आइतबार एक अर्ब ८३ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएको थियाे ।
आज २८५ धिताेपत्रकाे काराेबार हुँदा १५६३वटा बढेका छन्, ६४ वटा घटेका छन् भने ६ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।