Date

शुक्र, मंसिर १४, २०८१
Fri, November 29, 2024

एमसीसी परियोजना कार्यान्वयनमा : नेपाल र अमेरिकाले कति गरे खर्च ?

एमसीसी परियोजना कार्यान्वयनमा : नेपाल र अमेरिकाले कति गरे खर्च ?

काठमाडौं, १७ भदौ । पाँच वर्षे दिनगन्ती सुरु भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अन्तर्गतका परियोजनाको कार्यान्वयनको पूर्वतयारीका काममा हालसम्म संयुक्त राज्य अमेरिका र नेपाल सरकार दुवैले लगभग बराबरी खर्च गरेको बताइएको छ ।

 

साउन मसान्तसम्म एमसीसी अन्तर्गत करिब ६ अर्ब १९ करोड भन्दा बढी रकम खर्च भइसकेको छ। खर्च भएको रकममा अमेरिकाले प्रतिबद्धता जनाएको अनुदानमध्ये २ करोड २८ लाख डलर (करिब ३ अर्ब ३ करोड रुपैयाँ) हो । बाकी नेपालको रकम हो ।

विद्युत् प्रसारण लाइन र सडक पुनर्निर्माण सम्बन्धी काम पाँच वर्षे समयावधि भित्र सम्पन्न गरिने घोषणा एमसीसी र नेपाल सरकारले गरेका छन्।

एमसीए नेपालले उपलब्ध गराएको विवरण अनुसार प्रसारण लाइन अन्तर्गत ८५६ वटा टावरहरू निर्माण गर्नुपर्ने हुन्छ जसले झन्डै ५० वटा स्थानीय तहको भूगोल समेट्छ।

 

कार्यान्वयनमा गएको एमसीसीबारे बुझ्न् अहिले एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस पिटर्सन अलब्राइट नेपाल आएकी छिन । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल, अर्थमन्त्री प्रकाशशरण महत लगायतसंग भेटवार्ता गरिसकेकी छिन । उनले एमसीसी परियोजनाले नेपालको विकासमा सघाउ पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

यस्तै एमसीसी परियोजना कार्यान्वयन सुरु भएको खुशीयालीमा एमसीसीकै अग्रसरतामा एमसीए नेपालले बुधबार होटल याक एन्ड यतिमा रात्रीभोज आयोजना गरेको छ । उक्त कार्यक्रममा  प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री  प्रचण्ड सहभागी हुने कार्यक्रम छ । जहाँ उपप्रधानमन्त्री र मन्त्रीहरुसहित नेपाल सरकारका सचिव तथा विशिष्ट अधिकारी पनि सामेल हुनेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x