Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

नोबेल शान्ति पुरस्कार घोषणा हुँदै, ३५० जनाबाट छानिने

आज शुक्रबार प्रतिष्ठित नोबेल शान्ति पुरस्कारको घोषणा हुँदैछ । नर्वेमा विशेषज्ञहरूको एक प्यानलले आज शुक्रबार ३५० जना नामाङ्कनको सूचीबाट छानेर नोबेल शान्ति पुरस्कारको घोषणा गर्दैछ ।

गत वर्ष उक्त पुरस्कार युक्रेन, बेलारुस र रुसका मानवअधिकार कार्यकर्ताहरूले जितेका थिए । यसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, उनको बेलारुसी समकक्षी र अन्य सहयोगीहरूको कडा आलोचनाका रूपमा हेरिएको थियो ।

नोबेल शान्ति पुरस्कार व्यक्तिगत वा संस्थागतरूपमा प्रदान गरिन्छ । विगतमा यो पुरस्कार पाउनेहरूमा नेल्सन मण्डेला, बाराक ओबामा, मिखाइल गोर्बाचेभ, आङ सान सु की र संयुक्त राष्ट्रसङ्घलगायत थिए ।

स्टकहोममा छनोट र घोषणा गरिने अन्य नोबेल पुरस्कारभन्दा फरक यो शान्ति पुरस्कार यसका संस्थापक अल्फ्रेड नोबेलले पाँच सदस्यी नर्वेली नोबेल कमिटीले ओस्लोमा निर्णय गर्ने प्रदान गर्ने निर्णय गरेका थिए ।

यो पुरस्कार छनोटका लागि नर्वेली संसदले एउटा स्वतन्त्र प्यानेल नियुक्त गर्दछ ।

यो वर्ष उक्त कमिटीले व्यक्तितर्फ दुई सय ५९ र संस्थागततर्फ ९२ गरी कूल तीन सय ५१ को मनोनयन प्राप्त गरेको छ । मनोनयन गर्न सक्नेहरूमा पूर्व नोबेल शान्ति पुरस्कार विजेता, कमिटीक सदस्यहरू, राष्ट्र प्रमुखहरू, सांसदहरू र राजनीति शास्त्र, इतिहास तथा अन्तर्राष्ट्रिय कानूनका प्राध्यापक रहेका छन् ।

नोबेल शान्ति पुरस्कार यो वर्ष घोषणा गरिने पाँचौँ नोबेल पुरस्कार हो । बिहीबार नोबेल कमिटीले नर्वेली लेखक जोन फोसालाई साहित्यतर्फको पुरस्कार प्रदान गरिने घोषणा गरेको थियो । बुधबार रसायनशास्त्रतर्फको पुरस्कार अमेरिकी वैज्ञानिकहरू मुङ्गी बावेन्डी, लुइ ब्रस र अलेक्सेई इकिमोभलाई प्रदान गरिने घोषणा भएको थियो ।

त्यसैगरी मङ्गलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सेली मूलका स्विडिश वैज्ञानिक एन लहुइलियर, फ्रान्सेली वैज्ञाकि पिएरे अगोस्टिनी र हङ्गेरी मूल्का फेरेन्क क्रुस्जलाई दिने घोषणा भएको थियो ।

सोमबार चिकित्सातर्फको पुरस्कार हङ्गेरी मूलका अमेरिकी नागरिक क्याटालिन कारिको र अमेरिकी चिकित्सक ड्रिउ वेसम्यानले जितेका थिए।

नोबेल पुरस्कारको सिजन सोमबार अर्थशास्त्रतर्फको पुरस्कार घोषणासँगै सकिने छ । अर्थशास्त्रतर्फको नोबेल पुरस्कारलाई औपचारिकरूपमा अल्फ्रेड नोबेलको स्मृतिमा अर्थशास्त्र विज्ञानमा बैंक अफ स्विडेन प्राइज भनिन्छ ।

यी पुरस्कार आगामी डिसेम्बरमा ओस्लो र स्टकहोममा प्रदान गरिने छ । पुरस्कारको रकम एक करोड १० लाख स्विडिस  क्रोनर (करिब १० लाख अमेरिकी डलर) रहेको छ ।

डिसेम्बरमा नोबेल पुरस्कार प्रदान गर्दा विजेताहरूले १८ क्यारेटको स्वर्ण पदक र डिप्लोमा समेत प्राप्त गर्नेछन्।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x