Date

आइत, फाल्गुन ११, २०८१
Sun, February 23, 2025

पाटा ट्राभल मार्ट २०२३ मा नेपालको सक्रिय सहभागिता

पाटा ट्राभल मार्ट २०२३ मा नेपालको सक्रिय सहभागिता

काठमाडाैं, २१ असाेज । भारत सरकारको पर्यटन मन्त्रालयको आतिथ्यतामा प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) द्वारा आयोजित पाटा ट्राभल मार्ट २०२३ मा नेपालले उल्लेखनीय उपस्थिति जनाएको छ।

यहाँ ९२ संस्थाहरू र १५ गन्तव्यहरूबाट १५९ बिक्रेताहरू र ३८ स्रोत बजारहरूबाट १९६ क्रेताहरु गरी कुल ४६ वटा विश्व गन्तव्यबाट १,००० भन्दा बढी प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

त्यसैगरी, मार्टमा १० वटा स्थानीय र अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूबाट ३५० भन्दा बढी स्थानीय र अन्तर्राष्ट्रिय विद्यार्थीहरू र युवा पर्यटन प्रोफेशनलहरुले समेत अक्टोबर ५ मा आयोजित युथ सिम्पोजियम मा भाग लिएका थिए।

पाटा नेपाल च्याप्टरले हिमालयन होलिडेज ट्रेकिङ, डेस्टिनागो टुर्स एण्ड ट्राभल्स, फिस्टेल टुर्स एण्ड ट्राभल्स, केजीएच ग्रुप अफ होटल्स एण्ड रिसोर्ट्स, मिस्टिक भोयाज, भिजिट हिमालय ट्रेक्स, र म्याजेस्टिक ग्रुप लगायत आफ्ना ७ वटा सदस्य संस्थाहरूसँगको सहकार्यमा पाटा ट्राभल मार्ट २०२३ मा नेपालको अद्वितीय पर्यटन उपज र सेवाहरुको प्रदर्शनी तथा प्रवर्द्धन गरेको छ।

अक्टोबर ४ मा भारतको नयाँ दिल्लीमा अवस्थित अशोक होटलमा पर्यटन मन्त्रालय, भारत सरकारका सचिब श्री वी। विद्यावतीद्वारा कार्यक्रमको समुद्घाटन भई एक उद्घाटन समारोह तथा स्वागत रात्रीभोजको आयोजना सहित मार्टको औपचारिक सुरुवात भएको थियो।

नयाँ दिल्ली को प्रगति मैदान स्थित इन्टरनेशनल एक्झिबिशन कन्भेन्शन सेन्टरमा अक्टोबर ५ र ६ तारेखका दिन मा दुई दिने बीटुबी (व्यापार आदानप्रदान) सत्रहरूको आयोजना गरिएको थियो जसमा पाटा नेपाल च्याप्टर र नेपाल बाट सहभागी संस्थाहरूले अन्तर्राष्ट्रिय प्रतिनिधिहरू र स्थानीय सहभागीहरूलाई नेपालको पर्यटन सम्बन्धित आवस्यक जानकारी, होलिडे, वेलनेश लगायत साहसिक प्याकेजहरू, नयाँ उत्पादनहरू तथा सेवाहरूको बारेमा प्रवाह गर्नुका साथै विश्वव्यापी क्रेताहरु संग व्यापार आदानप्रदानको अवसरहरु बारे छलफलमा सक्रिय संलग्नता जनाएका थिए।

साथै, पाटा नेपाल च्याप्टरले आगामी बर्ष २०२४ जुन ४ देखि ७ सम्म काठमाडौंमा आयोजना हुने हिमालयन ट्राभल मार्टको पाँचौं संस्करणमा सहभागी हुन प्रतिनिधिहरूलाई आमन्त्रण समेत गरेको छ।

मार्टको समापन पश्चात पाटा नेपाल च्याप्टरले अक्टोबर ७ मा नयाँ दिल्लीको ले मेरीडिएन होटल मा आयोजित पाटा च्याप्टर्स कंग्रेस र पाटा बोर्ड बैठकहरूमा समेत सहभागिता जनाई विश्व पर्यटन उद्योगमा नेपालको उपस्थितिलाई अझ सुदृढ गरेको छ।

पाटा ट्राभल मार्टमा नेपालको उत्साहजनक सहभागिताले अन्तर्राष्ट्रिय पर्यटन सहकार्यलाई बढावा दिन र विश्व बजारमा नेपालको अतुलनीय आकर्षण र पर्यटन सम्भावनाहरूलाई प्रवर्द्धन गर्न मदत पुग्ने पाटा नेपालका अध्यक्ष बिभुति चन्द ठाकुरले बताए।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x