इजरायलमाथिको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु
![इजरायलमाथिको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु](https://arthakoartha.com/wp-content/uploads/2023/10/IMG_8501.jpeg)
प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले शनिबार इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भएको छ।
हमासले गरेको आक्रमणमा विशेष गरी सुदूरपश्चिम विश्वविद्यालयबाट प्रयोगात्मक अध्ययनका लागि गएका विद्यार्थीहरू परेका छन्।
परराष्ट्र मन्त्रालयका अनुसार गाजा क्षेत्रको फार्ममा काम गर्ने नेपालीहरूको मृत्यु भएको हो । शव संकलनको काम भइरहेको र शवहरू नेपाल ल्याउने विषयमा भोलि बैठक बसेर निर्णय हुने बताइएको छ।
शनिबार हमासले अचानक इजरायली सहरहरूमाथि जमिन र आकाशबाट आक्रमण गरेको थियो।