
काठमाडौं,३ असार । आफ्ना कार्यकर्तालाई झुटा मुद्दा लगाएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अनेरास्ववियु (क्रान्तिकारी)ले गरेको शैक्षिक हड्तालका देशभरका विद्यालयको पठनपाठन प्रभावित भएको छ।
संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकाल, कोषाध्यक्ष नरेन्द्र विकलगायतका नेता तथा कार्यकर्तालाई देशका विभिन्न स्थानबाट गैह्रन्यायिक तवरबाट पक्राउ गरी झुटो मुद्दा लगाइएकोले उनीहरुको निशर्त रिहाइको माग गर्दै आज एक दिनको लागि शैक्षिक हड्ताल गरिएको अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ।
Leave a Reply