Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

१९.०६ अंकले घट्याे नेप्से , एक अर्ब २८ करोड ३१ लाख बराबरकाे काराेबार

१९.०६ अंकले घट्याे नेप्से , एक अर्ब २८ करोड ३१ लाख बराबरकाे काराेबार

काठमाडाैं, २३ असाेज । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । आज नेप्से परिसूचक १९.०६अंकले घटेर एक हजार ८ सय ८९ दशमलव ५९ विन्दुमा बन्द भएको हो । साेमबार पनि नेप्से परिसूचक १२.५८ अंकले घटेकाे थियाे ।

त्यस्तै, आज कराेबार रकम भने बढेकाे छ । आज ४२ लाख ८७ हजार ४२४ कित्ता शेयर किनबेच हुँदा एक अर्ब २८ कराेड ३१ लाख ८२ हजार १४५ बराबरकाे काराेबार भएकाे छ । हिजाे साेमबार एक अर्ब १७ करोड १ लाख ७२ हजार बराबरको कारोबार भएको थियाे ।

मंगलबार २८२ कम्पनीको शेयर कारोबार भएकोमा १९३ कम्पनीको मूल्य घटेको छ भने ३१ कम्पनीको बढेको छ । यस्तै ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

अर्थ को अर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x