
काठमाडौं, २३ भदौं । एशियाली विकास बैंक (ए.डि.बि.) ले हिमालयन बैंक लिमिटेडलाई टीएफपी अवार्ड २०१७ प्रदान गरेको छ । नेपालमा सहकार्य गरेको उत्कृष्ट बैंकको रुपमा हिमालयन बैंकलाई सो अवार्ड प्रदान गरिएको हो ।
एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवद्र्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो । सेप्टेम्बर ५, २०१७ मा सिंगापुरमा आयोजित एडिबि ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका वरिष्ठ व्यवस्थापकद्वय नविन कुमार पौड्याल तथा सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरे बैंकले यस पटक समेत लगातार दोश्रो पटक यो अवार्ड प्राप्त गरेको हो ।
Leave a Reply