Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

५ कम्पनीले दिए आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन

५ कम्पनीले दिए आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन

काठमाडौं, २४ असोज । नेपाल धितोपत्र बोर्डमा ५ कम्पनीले आईपीओ निष्कासन गर्न निवेदन दिएका छन् । जगदम्बा स्टिल्स, एसवाई प्यानल, माविलुङ इनर्जि लिमिटेड, एपेक्स हस्पिटालिटी र याम्बालिङ्ग हाइड्रोपावरले आईपीओ निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएका हुन् ।

यी पाँच कम्पनीमध्ये जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २०० रुपैयाँ प्रिमियम मूल्य थप गरी प्रतिकित्ता ३०० रुपैयाँमा २ करोड ७० हजार कित्ता आईपीओ निष्कासन गर्न निवेदन दिएको हो ।

याम्बालिङ्ग हाइड्रोपावरले २८ लाख कित्ता, एपेक्स हस्पिटालिटीले २४ लाख, माविलुङ इनर्जिले १८ लाख ९० हजार ५३० कित्ता र एसवाई प्यानलले ५२ लाख ३२ हजार ५४८ कित्ता आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका हुन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x