Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

मिर्मिरे लघुवित्तको एफपीओमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं, २५ असोज । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि एफपीओ निष्कासन गर्ने भएको छ । सर्वसाधारणमा आईपीओ जारी गरिसकेको कम्पनीले सर्वसाधारणमा थप सार्वजनिक निष्कासन गर्न लागेको हो । कम्पनीले सर्वसाधारणतर्फको पूँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गर्न लागेको जानकारी दिएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमै १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको १ लाख २३ हजार ८१६ दशमलव ४५ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो ।

असोज २४ गतेसम्मको कारोबार अवस्थालाई हेर्दा प्रतिकित्ता ५९१ रुपैयाँ शेयर मूल्य रहेको कम्पनीको एफपीओ सस्तो मूल्यमै सर्वसाधारण लगानीकर्तालाई खरीद गर्ने अवसर जुटेको हो ।

यो एफपीओ खरीदका लागि लगानीकर्ताहरूले असोज ३० गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग बमोजिम आवेदन नपरे कात्तिक ९ गतेसम्म बिक्री लम्बिनेछ । एफपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका सम्पूर्ण शाखा कार्यालयमार्फत आवेदन दिन सकिनेछ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

एफपीओ निष्कासनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ ।
कम्पनीको अधिकृत पूँजी ७५ करोड रुपैयाँ रहेको छ भने जारी पूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँ छ । एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ६६ करोड ५७ लाख ६४ हजार रुपैयाँभन्दा बढी कायम हुनेछ । एफपीओपछि कम्पनीको कुल चुक्ता पूँजीमा संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व कायम हुनेछ ।

आर्थिक वर्ष २०७७/७८ मा १७ करोड २० लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको कम्पनी आर्थिक वर्ष २०७८/७९ मा १५ करोड २२ लाख रुपैयाँभन्दा बढी सञ्चित नाफामा रहेको छ ।

आर्थिक वर्ष २०७८/७९ सम्मको वास्तविक वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ८१ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८७ रुपैयाँ ५५ पैसा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x