Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रचण्डले भने–बैंकको ब्याजदर अहिले मैले भन्ने बित्तिकै घट्ने अवस्था छैन

प्रचण्डले भने–बैंकको ब्याजदर अहिले मैले भन्ने बित्तिकै घट्ने अवस्था छैन

काठमाडौं, २५ असोज। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ब्याजदर घटाउने विषय आफ्नो नियन्त्रणमा नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहीबार आयोजना गरेको ‘राष्ट्रिय आर्थिक बहस’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफूले भन्ने बित्तिकै ब्याजदर नघट्ने बताएका हुन् । यसका लागि सबैसँग छलफल गरेर सहमति जुटाउनु पर्ने उनको भनाइ छ ।

“बैंक ब्याजदर घटाउने विषय मैले भन्ने बित्तिकै हुने अवस्था छैन । अब रेडिकल रिफर्म गर्ने हो । अर्थतन्त्र सुधारका लागि उच्चस्तरीय आयोग बनाउछौं । त्यस्तो आयोगको नेतृत्व म आफैं गर्छ, त्यसले कानुनी आधार पनि पाउँछ र कार्यान्वयनमा पनि जान्छ,” प्रधानमन्त्री प्रचण्डले भने । अर्थतन्त्र सुधारको आफ्नो प्रयासमा निजी क्षेत्रले सहयोग गरिरहेको र अब सरकारले बोल्ड डिसिजन गर्ने पनि घोषणा गरे ।

“निजी क्षेत्रले प्रधानमन्त्रीलाई सजिलो गरिरहेको छ । पुरातन उपायबाट संकटको समाधान सम्भव छैन, अब गतिलो सुधार गर्नुपर्ने छ । अर्थतन्त्रको मूल समस्या समाधान भएको छैन । हामी ठूलो सुधारको तयारी गर्दै छौं । अर्थतन्त्र सुधारका लागि बोल्ड डिसिजन गर्दैछौं,” उनले भने ।

पछिल्लो समय नाफा कमाउनेहरुलाई गाली गर्ने क्रम बढेको बताउदै उनले अब सरकारले नै नाफा कमाउन प्रोत्साहन गर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x