खसीबोका खरिद प्रक्रिया सुुरु, मंगलबारदेखि खाद्यले बिक्री गर्ने तयारी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्षको दसैँका लागि खसीबोका असोज ३० गतेदेखि विक्री गर्ने भएको छ । आजदेखि तीन जिल्लामा खरिद प्रक्रिया सुरु भएको र भोली काठमाडौंको थापाथलीस्थित वागमति प्रादेशिक कार्यालयमा खसीबोका तथा च्यांग्रा भित्रिने प्रादेशिक कार्यालय प्रमुख ज्ञानु थापाले बताइन् ।
“आज खरिदको प्रक्रिया भइरहेको छ । भोलीसम्म हाम्रो कार्यालयमा आइसक्छन् । हामीले ३० गतेदेखि बिक्री गर्ने तयारी गरेका छौं,” उनले भनिन्, “मूल्य निर्धारण भएको भएको छैन् । सम्भवत भोली निर्धारण हुन्छ ।”
उनका अनुसार आज दाङ, मकवानपुर र धादिङबाट खसीबोका खरिद गरिने छ । सरकारले सहुलियत मूल्यमा दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने लक्ष्य राखेको छ ।