Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति दिन्छ ?

आजदेखि नयाँ नोट साट्न पाइने, एक जनालाई कति दिन्छ ?

काठमाडौं, २९ असोज । नेपाल राष्ट्र बैंकले दसैँका लागि आजदेखि नयाँ नोट सटही सुविधा दिँदैछ। नजिकिँदै गरेका दसैँसहितका चाडबाड लक्षित गरि राष्ट्र बैंकले नयाँ नोट वितरण गर्न लागेको हो।

राष्ट्र बैंकले आफ्नो मातहतका बैंकका तोकिएका शाखा र आफ्ना कार्यालयहरुबाट नयाँ नोट सटही गरिने जनाएकोछ।

विगतमा जस्तै राष्ट्र बैंकले एक जनालाई १८ हजार ५०० रुपैयाँसम्म सटही उपलब्ध गराउने भएको छ। पाँच रुपैयाँ, १०, २०, ५० र सय रुपैयाँ दरको एकरएक गड्डी नोट सर्वसाधारणले साट्न पाउने छन्।

राष्ट्र बैंक र वाणिज्य बैंकहरुबाट समेत नयाँ नोट वितरण हुने छ। वाणिज्य बैंकले नयाँ नोट वितरण गर्ने शाखा तोक्ने छन्।

काठमाडौँ उपत्यकाभित्रको हकमा राष्ट्र बैंकअन्तर्गतको मुद्रा व्यवस्थापन विभाग र विभिन्न वाणिज्य बैंकका शाखामार्फत नयाँ नोट सटही गर्न सकिनेछ। वाणिज्य बैंकहरुले नयाँ नोट सटही सुविधा दिन राष्ट्र बैंकबाट त्यस्ता नोट लिनुपर्नेछ।

काठमाडौँ उपत्यका बाहिरको हकमा राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय वा वाणिज्य बैंकका शाखा कार्यालयमा गई नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x