बोनस शेयर पछि कतिमा भयो सांग्रिलाको मुल्य समायोजन?
काठमाडौं, ४ असार । नेपाल स्टक एक्सचेन्जले सांग्रिला डेभलपमेन्ट बैंकको शेयर मुल्य समायोजन गरेको छ । बोनस शेयर प्रयोजनको लागि बैंकको शेयर मुल्य समायोजन गरिएको हो । समायोजन पछि बैंकको शेयर मुल्य १५९.०२ रुपैयाँ पुगेको छ । यस्तै बैंकको शेयर आधार मुल्य २२८.५१ रुपैयाँ कायम गरिएको छ ।
बैंकले शेयरधनीहरुलाई २.५० प्रतिशत बोनस शेयर दिने बताएको छ । यस्तै बैंकले ९.३० प्रतिशत नगद लाभांशको व्यवस्था समेत गरेको छ ।