एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन

काठमाडौं । एभरेष्ट बैंकका अध्यक्ष बिके श्रेष्ठको निधन भएको छ। मेडिसिटी हस्पिटलमा उपचारको क्रममा मंगलबार साँझ श्रेष्ठको निधन भएको बैंक स्रोतले जानकारी दिएको छ।
उनको निधन सोमबार महानवमीका दिन भएको र अन्त्येष्टि मंगलबार दशमीमा दिन गरिएको पारिवारिक स्रोतले जनाएको छ।
नेपालमा एभरेष्ट बैंकको स्थापना गरेका श्रेष्ठ २६ वर्षदेखि बैंकका अध्यक्ष थिए। उनको पहलमा भारतको पंजाब नेशनल बैंकले नेपालको एभरेष्ट बैंकसँग सहकार्य गरेको थियो। पंजाब नेशनल बैंकको एभरेष्ट बैंकमा २० प्रतिशत सेयर होल्डिङ छ।
ललितपुरमा जन्मिएका श्रेष्ठले अमेरिकाबाट एमबिए गरेका थिए। उनी एसबिएल प्रालि भारतका समेत अध्यक्ष थिए। एसबिएल विश्वस्तरीय होमियोपेथी सम्बन्धि औषधि उत्पादक कम्पनी हो।