Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

आइएमईले ल्यायो टपअप र एकजोडीलाई बैंककसम्मको भ्रमण अवसर

आइएमईले ल्यायो टपअप र एकजोडीलाई बैंककसम्मको भ्रमण अवसर

काठमाडौं, ५ असार । आइएमई लिमिटेड र आइएमई पेले आइएमई वल्र्डकप उत्सव–२०१८ सार्वजनिक गरेका छन् । विश्वकप फुटबलको २१औँ संस्करण अन्तर्गत रसियामा जारी फुटबल प्रतियोगिताका दर्शक सवै यो उत्सवमा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ । आइएमई लिमिटेड एवम् आइएमई पे का आधिकारिक फेसबुक पेज र आइएमई पेको एपमार्फत यो उत्सवमा सहभागिता जनाउन सक्ने व्यवस्था मिलाइएको छ । यो प्रतियोगिता १४ जून देखि १५ जुलाई २०१८ संचालन हुनेछ ।

सहभागीहरुले वेभ पेजमा रहेको एपमा लग–इनगर्दै एक हजार प्वाईन्ट सहित प्रतिष्पर्धामा भाग लिन सक्नेछन् । पोईन्टका साथै म्याचको पूर्ण विवरण प्रत्येक दिन एप्लिकेसनमा पोष्ट गरिनेछ । सहभागीहरुले दर अनुसार त्यस दिनको अनुमान गर्नुपर्नेछ । खेलको गलत अनुमान गरेमा सहभागीहरुको पोइन्ट अन्तर्राष्ट्रिय दरले काटिने छ । थप आइएमई फ्यान्टासी पोईन्टको सङ्कलनका लागि थप चरणहरू प्रतियोगिताको समय अवधि भित्र पेस गरिनेछ । प्रतियोगिताको अन्त्यमा अधिक संख्याको प्वाईन्टले विजय प्राप्त गर्नेछ । अधिक पोइन्ट प्राप्त गर्ने एक सेवाग्राहीले ‘खेलौं रमाऔँ बैंङ्ककजाऔँ’ अन्तर्गत एकजोडीलाई ४ रात ५ दिन लामो बैंङ्कक भ्रमणको अवसर मिल्ने कम्पनीले जनाएको छ । साथै प्रत्येक दिन कम्पनीका आधिकारिक फेसबुक पेजमा सोधिएका फुटबलसँग सम्बन्धित प्रश्नको सहि उत्तर दिनुहुने चार सेवाग्राहीहरू ‘लक्की–ड्र’ मार्फत छनोट गरिने छ । यसरी छनोटमा पर्नुहुने सेवाग्राहीहरूले दुई सयको आइएमई पे टपअप पाउनेछन् ।

विश्वमा रहेका नेपाली फेसबुक प्रयोगकर्ताले प्रतियोगितामा भागलिन सक्नेछन् । यदि विदेशमा रहेका फेसबुक प्रयोगकर्ता विजयी भएमा नेपालम ाबसोबास गर्ने नीजले ईच्छाएका व्यक्तिलाई मात्र पुरस्कार प्रदान गरिनेछ । सहभागीहरुले प्रतियोगिताको सम्भावित नतिजा कम्तिमा निर्धारित खेल शुरु हुनुभन्दा एक घण्टा पहिला अनुमान गर्नु पर्नेछ । यदि कुनै पोष्ट अथवा कमेन्टस् त्रुटिपूर्ण देखिएमा बिना कुनै सूचना तत्काल रद्ध गरिनेछ । विजेता वा प्रतियोगिले पोष्ट गरेका तस्विर आइएमई र आइएमई पेको विज्ञापनमा प्रयोग गर्न सक्ने पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ । एक वा सो भन्दा बढी प्रतियोगिले बराबर अंकप्राप्त गरेमा ‘लक्की ड्रमार्फत ’ विजेता घोषित गरिनेछ । प्रत्येक प्रतियोगिले आफ्नो सम्पर्क विवरण दुरुस्त पोष्ट गर्नु पर्नेछ ।

जानकारी प्राप्तभएको सात दिन भित्रमा आफ्नो परिचयपत्र सहित आइएमई र आइएमई पेमा सम्पर्क गर्नु पर्नेछ । ‘लक्की ड्र’ एवम् भाग्यशाली विजेताको नतिजा आइएमई र आइएमई पे फेसबुक पेज मार्फत् सार्वजनिक गरिनेछ । विजेता आफ्नो पुरस्कारको दाबी समयमै गर्न चुकेमा अर्को ‘लक्की ड्रमार्फत’ नयाँ विजेता घोषित गरिनेछ । सम्पूर्ण पुरस्कारहरु सूचना जारी भएको पन्ध्र दिन भित्र लिनु पर्नेछ । पुरस्कार नगद अथवा अन्य कुनै रुपमा प्रदान गरिने छैन । सरकारको नियमानुसार लाग्ने कर बिजेताले नै चुक्ता गर्नु पर्नेछ । आइएमई र आइएमई पेमा कार्यरत कर्मचारीहरु, अभिकर्ता र आइएमई र आइएमई पेमा आवद्ध कसैले पनि यो प्रतियोगितामा भाग लिन पाउने छैनन् । यधपी, मनोरन्जनका लागि सहभागी हुन पाउने छन् । यो प्रतियोगिता संचालनको पुर्णाधिकार आइएमई र आइएमई पेमा निहित हुनेछ अतः विवादित विषयमा आइएमई र आइएमई पेले गरेको निर्णय अन्तिम मानिनेछ । कुनै नियममा परिवर्तन भएमा सो को जानकारी फेसबुक मार्फत् गराईनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x