Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

ग्लोबल आइएमई बैंकद्वारा ९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा

ग्लोबल आइएमई बैंकद्वारा ९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा

काठमाडौं, १९ कार्तिक ।  ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष ०७९÷८० को मुनाफाबाट कुल ९ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ ।

कात्तिक १९ गते विहान १० बजे बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत नगद लाभांश र १ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्तापूँजी ३५ अर्ब ७७ करोड १० लाख ६० हजार रहेको छ । प्रस्तावित यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

गत वर्ष बैंकले ३ प्रतिशत बोनस शेयर र कर समेत १० दशमलव ६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

 

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x